Thursday, April 29, 2010

ह्रराएको सपानहरु _ केदार श्रेष्ठ

अचम्म,

हराएका छन् सबै मेरा सपनाहरु

सियोझैँ बेपत्ता

एउटा पनि छैन आँखामा

उसलाई भेटे पछि

कुराले मख्ख पारिन्

मनमा पलायो आशा

आशासँगै आँखाको पाठेघरमा

बढ्दै गयो सपनाहरु,

गर्भिणी आँखा

सुत्केरी हुन खोज्दाखाज्दै

उसले तोडेपछि सम्बन्ध

शिशु सपना

मरेर गयो तुयात्रो लागेर

त्यसपछि आँखा भयो बैला,

मलाई कम्प्यूटरमा

बस्न मन छैन

इन्टरनेट पनि चलाउन मनै छैन

झन् के हेर्नु

बन्द हड्तालको गुनगान गाइरहने टेलिभिजन,

विहानै उठेर

आफ्नो प्राकृतिक गाडी

लाग्छु फटाफट

गौरीघाट हुँदै गौशलातिर

सधैँझैँ

अगाडि राखेर बसाहा

हेरिरहेछ पशुपति

मान्छेका लाशहरु,

हेरिरहेछ रमिता

मृतकका आफन्तका रोदन अनि प्रदुषित वागमती,

मस्त छिन्

फूल बेच्ने दिदी,

खैरो कपाल नियालिरहेछ

परपरसम्म आँखा बिछ्याएर

रुद्राक्षको माला बेच्ने बाटो माथिको पसले दाइ,

निस्लाम निद्रामा छन्

जुटको बोरामा बेरिएर

बेसहारा दुईतीन जना वालकहरु

सडकपेटीमा,

अशक्त वृद्धवृद्धाहरु

भीष मागिरहेका छन्

बटुवाहरुसँग,

थुप्रै छन् जेब्राक्रसमा

रोड पार गर्न तम्सिएका मान्छेहरु,

मान्छेको भीडमा

एउटाको पाकेटमारले पाकेट मारेर फरार

अलि पर चौकीको

पोोष्टभित्र बसेर प्रहरी

ताकिरहेको राइफल

सबै आफ्नै सूरमा,

भएभरका दृष्यहरु ती

आँखाको आँगनमा

नाचिरहेछ नर्तकी,

मथिङ्गलको अक्करमा

ठोक्किएर चेतना

तितरवितर भए सबै भावनाहरु

मनको घनघोर जंगलमा,

कति देख्छन् होला है

मान्छेहरु मैले जस्तै सपना

तिनीहरुले पनि,

राम्ररी हेर्छु फूलको थुङ्गा

लाग्छ भागेर मान्छेका सपना

सबै जम्मा भएछन् त्यही

सयपत्री फूलको वासनामा लोभिएर

त्यसैले

सपनाविहिन

अनि सबै मान्छेहरु।

No comments:

Post a Comment